पोखराका सर्वसाधारणले निजी शौचालय निःशुल्क प्रयोग गर्न पाउने



पोखरा

देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले बिहीबारदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको छ । 

महानगरले सार्वजनिक सूचना जारी गरी शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आह्वान गरेअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यक्ति तथा व्यावसायिक संस्थासँग सम्झौता गरिएको हो ।विभिन्न व्यक्ति, कम्पनी, वित्तीय संस्थाबाट सो सङ्ख्यामा अनुमति प्राप्तपछि सञ्चालनमा ल्याइएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस् भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राखिएको छ । महानगर कार्यपालिका बैठकले महानगरका ३३ वटै वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय बनाउने निर्णय गरिसकेकाले आगामी एक वर्षभित्रमा निर्माण गरिने र सो समयसम्मका लागि निजी शौचालय प्रयोग गर्ने गरी सम्झौता भएको आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रयोगमा ल्याइएका स्थानमा विशेष पहिचानयुक्त लोगोे वा सङ्केत राखिएकाले सर्वसाधारणलाई अलमल हुने छैन । महानगरले सम्झौता गरेकामा व्यक्तिगत घर, बैंक तथा वित्तीय संस्था, व्यापारिक कम्प्लेक्स, पेट्रोल पम्प, होटल तथा रेष्टुराँ आदि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja