पाकिस्तानमा बाढीका कारण रेल दुर्घटनामा परी १९ जनाको मृत्यु
पोखरा
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा परेर गएको २४ घन्टामा १९ जनाको मृत्यु भएको छ ।
केही दिनयतादेखि भारी मात्रामा वर्षा र कैयौँ स्थानमा पहिरो जादाँ सडकमा क्षति पुगेको छ । जसबाट रेलका लिगहरू पनि बिग्रिएका छन् । जसका कारण रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र १९ जनाका मृत्यु भएको त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको हो ।