राज्यमन्त्री केसीद्वारा डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह
पोखरा
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।
आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताएका छन् । ‘डेङ्गु सङ्क्रमण देखिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ ।
जनप्रतिनिधिसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, चेतना फैलाउनेलगायत काम भइरहेको छ’ राज्यमन्त्री केसीद्वारा जारी अपिलमा भनिएको छ ।
नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेङ्गु देखिएको छ ।