देशभर ९८३५ जनामा डेंगु संक्रमण पुष्टि, गण्डकीमा २०२ जनामा
पोखरा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा देशभर ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ७४४० जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै लुम्बिनी प्रदेशमा १३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।