लमजुङमा आवश्यक कर्मचारी नहुँदा भेन्टिलेटर प्रयाेगविहीन
पोखरा
साढे दुई वर्षअघिकाे मध्य काेराेनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएकाे भेन्टिलेटर चाैथाे लहरकाे काेराेना महामारी सकिँदासम्म सञ्चालन हुन सकेकाे छैन ।
भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरी ल्याइएको उपकरणहरू सञ्चालन गर्ने आवश्यक कर्मचारी नहुँदा प्रयाेगविहीन बनेका हुन्। अस्पतालकाे आर्थिक स्राेतको अभावमा आवश्यक जनशक्ति राख्न नसक्दा भेन्टिलेटरसहित सघन उपचार कक्ष सञ्चालन हुन नसकेकाे अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।
अस्पताल प्रमुख श्रेष्ठका अनुसार दोश्रो चरणको कोरोना संक्रमणको जोखिम बढेसँगै भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालन गर्ने प्रयास गरे पनि जनशक्ति अभावकै कारण सञ्चालन गर्न नसकिएको हो । कोभिड संक्रमितको उपचारलाई लक्षित गरी ल्याईएको उपकरण कोरोनाको तेश्रो लहर सकिएसँगै चौथो लहरप सुरू हुँदासम्म पनि उपयोगमा नआउँदा सरकारको काम कारबाही प्रति नै सरोकारवालाहरुले प्रश्न उठाउँदै आएका छन् ।
भेन्टिलेटर सञ्चालनको लागि प्रदेश सरकार र अस्पतालमार्फत पटक पटक जनशक्ति माग गरिएको थियो । हाल भने महँगीका कारण जनशक्ति ल्याउन नसकेको अस्पताल प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ ।