गण्डकी प्रदेशका सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी
पोखरा
गण्डकी प्रदेशका सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदानप्रदान भनी निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर पत्र प्रदान गर्ने कार्यक्रम तय छ ।
मुलुक संघीय प्रणालीमा गएपछि पहिलो आम निर्वाचनबाट चुनिएका सांसदहरुको कार्यकाल असोज १ गते नै सकिएको हो । २०७४ को प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशमा ६० सदस्य निर्वाचित भएका थिए । अहिले गण्डकीमा ५८ जना सांसद छन् ।