राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीले पठायो केन्द्रमा नामावली
पोखरा
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशले केन्द्रमा नामावली पठाएको छ ।
गण्डकी प्रदेशका ११ वटा जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्र मध्ये १४ वटा क्षेत्रमा १/१ जना सिफारिस भएको र ४ वटा क्षेत्रमा २/३ जना सिफारिस गरिएको प्रदेश सभापति डा. ढाका कुमार श्रेष्ठले वताए । उनले भने ” ११ वटै जिल्लाबाट उम्मेदवार पठाउन जिल्ला समितिलाई निर्देशन दिएका थियौं , त्यही निर्देशन अनुसार आएकाे नामावली केन्द्रमा सिफारिस गरेका हाैँ ।”१४ वटा निर्वाचन क्षेत्रमा सहमतिमा १/१ जनाकाे मात्रै नाम सिफारिस भएर आएकाे र ४ वटा निर्वाचन क्षेत्रमा सहमति हुन नसकेपछि पार्टीको बिधान अनुसार पार्टी भित्रकाे प्रारम्भिक निर्वाचनमा गएर छनाैट हुने उनको भनाइ थियो ।
सिफारिस हुनेहरूमा मुस्ताङ बाट सुदेश गुरुङ (जिल्ला सभापति), मनाङ बाट मुखिया गुरुङ , लमजुङ बाट धर्म केसी( जिल्ला सभापति), म्याग्दी बाट हरि केसी , तनहुँ १ बाट डा. शेषरमण न्याैपाने, तनहुँ २ बाट विजय जाेशी, स्याङ्जा १ बाट बाेधराज रेग्मी ( गण्डकी प्रदेश प्रवक्ता ), स्याङ्जा २ बाट टिकराज गुरुङ , बागलुङ १ बाट ई. खिमानन्द कँडेल , बागलुङ २ बाट तिला खत्री , कास्की १ बाट राजु राई र कमल लामिछाने , कास्की २ बाट माधव प्रसाद कँडेल (प्रदेश महामन्त्री ), कास्की ३ बाट याेगराज पाैडेल (प्रदेश उपसभापति), पर्वत बाट जल बहादुर पुर्जा पुन र सन्ताेष रेग्मी, नवलपुर १ बाट ध्रुवजंग थापा, राजन गाैतम र परशुराम भुषाल, नव