साल्ट ट्रेडिङ कर्पोरेसनले यो वर्ष नुन मात्रै बेच्ने
पोखरा
साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ ।
ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ । दसैँ, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्ने गर्छ । यसअघि खसीबोकादेखि चामलसम्म बिक्रि गरेको साल्ट ट्रेडिङले अहिले नुन मात्रै बेच्न लागेको हो ।
चिनी र अन्य सामान आयात नहुँदा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख वासुदेव उपाध्यायले जानकारी दिए । प्रत्येक ग्राहकले ६ किलोसम्म प्रति किलो १८ रुपैयाँका दरले नुन खरिद गर्न सक्ने उनले बताए ।