नवौं राष्ट्रिय खेलकुद: स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण
पोखरा
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वासमा गण्डकीका अमृत थापा मगरले पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् ।
सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अरहन्तकेशर सिम्हलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । यो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते । उनले सातौं र आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।