तनहुँमा सिंगुसले चिल्दा एकको मृत्यु, ५ जना घाइते
पोखरा
तनहुँको व्यास नगरपालिका-१ तालघारेमा सिंगुस भनिने सानो बारुलाले चिल्दा एक जानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास-११ का ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।उनका अनुसार सिंगुसले चिल्दा अन्य ५ जना पनि घाइते भएका छन् । घाइतेमध्ये एक जना सदरमुकाम स्थित रत्नहरि अस्पताल र ४ जना दमौली अस्पतालमा उपचाररत छन् । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ ।