पोखरा विरौटाका फरार प्रतिवादी पक्राउ
पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले फरार प्रतिवादी वडा नं. १७ विरौटा बस्ने वर्ष ३९ का लक्ष्मण श्रेष्ठलाई पक्राउ गरेको छ ।
अघिल्लो मंसिर २२ गते कास्की जिल्ला अदालतले लागू औषध ब्राउन सुगर मुद्दामा तीन महिना तीन दिन कैद सजाय फैसला गरेको थियो । सोही फैसलापछि श्रेष्ठ फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा उपस्थित गराएको सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए ।