गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न मनाही



पोखरा

गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले राति ९ बजेसम्म मात्र देउसी भैलोका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

पटका, आतिशवाजी, झिरझिरे, भूइँचम्पा, पटका जस्ता विष्फोटक पदार्थ प्रयोगलाई पनि प्रशासनले निषेध गरेको छ । त्यस्ता पदार्थ निकासी, ओसार प्रसार र बिक्री वितरण गरेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले चेतावनी दिएका छन् । जुवातास खेलेको पाइएमा पनि कानूनी कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja