कास्कीको साराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण शुरु
पोखरा
कास्कीको सराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ ।
अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए ।
‘पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिनेछ,’ उनले भने, ‘मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिनेछ ।’ फेवातालबाट अवलोकन गर्न सकिने जमिनभन्दा ६० फिट अग्लो उक्त मूर्ति अन्नपूर्ण केबुलकारको माथिल्लो स्टेसन पुगेर पनि दर्शन गर्न सकिनेछ ।