लमजुङ कारागारका एक जना कैदीको मृत्यु 



पोखरा

 लमजुङ कारागारका एक जना कैदीको मृत्यु भएको छ ।

लमजुङकै दूधपोखरी गाउँपालिका १, देनस्वाँराका ३४ वर्षीय रोहनराज धितालको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङ कारागार प्रमुख ताराबहादुर तामाङका अनुसार शनिबार साँझ अरुलाई चिया खुवाएर आफू पनि खाना खाएर सुतेका धितालले राति २ बजेतिर अप्ठ्यारो महसुस भएको बताएका थिए ।

सास फेर्न गाह्रो भएपछि तत्काल जिल्ला अस्पताल लमजुङ लगिएकोमा उपचार सुरु गर्नासाथ उनको मृत्यु भएको तामाङले बताए ।

तामाङका अनुसार उनी ‘आपराधिक उपद्रव’ कसुरमा २०७८ वैशाख १७ गतेदेखि कारागारमा थिए । प्रहरीले १२ वैशाख २०७८ मा पक्राउ परेका उनीविरुद्ध लमजुङ जिल्ला अदालतले २०७८ पुस २१ गते २ वर्ष कैद भुक्तानको फैसला गरेको थियो । कैद भुक्तान भएपछि २०८० वैशाख १२ गते छुट्नुपर्नेमा उनको मृत्यु भएको तामाङले बताए ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार डाक्टरले उनको मृत्यु कुनै घटना दुर्घटनाबाट नभई प्राकृतिक भनेका छन् । हृदयघात, रक्तचापलगायत कारण मृत्यु भएको हुन सक्ने डाक्टरले भनेका उनले बताए । ‘कारागारभित्र सुतिरहेको अवस्थामा सास फेर्न गाह्रो भयो भनेपछि राति अस्पताल ल्याइयो । अस्पतालमा उपचार सुरु भयो । तर, मान्छे रहेनन्‚’ उनले भने । उनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । कारागारमा अब महिला ५ जनासहित १ सय ३ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja