तनहुँमा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु
पोखरा
तनहुँको ब्यास नगरपालिका-१२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलबार साँझ एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६:३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनवलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोलीतर्फ परिचालन गरिएको बताए ।