तनहुँमा १० वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय पुरुष पक्राउ 



पोखरा

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका -८ गणपते निवासी ६३ रामजी बहादुर थापा क्षेत्री छन्।

प्रहरीका अनुसार बुधबार बिहान स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै १० वर्षीया बालिकालाई ललाई फकाई जंगलमा लगेर जबर्जस्ती करणी गरेको उजूरीका आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले थापालाई बुधबार राति पक्राउ गरेको हो।

उनीमाथि नावालिका जबर्जस्ती करणी गरेको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja