बारी जोत्ने क्रममा ट्रयाक्टरले च्यापिदा एक जनाको मृत्यु



पोखरा

बारी जोत्ने क्रममा ट्रयाक्टर पल्टिएर च्यापिदा ट्रयाक्टर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं. १ खकौलीका ३० बर्षीय कमल बहादुर दरै रहेका छन् । बारी जोतिरहेका बेला अनियन्त्रित भइ लु ३ त १३३५ नम्बरको ट्याक्टर बारीको डिलबाट खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । 

बारीको डिलबाट खसेको ट्रयाक्टरले च्यापिएर घाइते बनेका चालक दरैलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja