बढ्यो सुनको मूल्य
पोखरा
नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ।आज छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यसअघि मंगलबार छापावाला सुन तोलामा ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसैगरी बुधबार चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।