बढ्यो सुनको मूल्य
पोखरा
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यसअघि बिहीबार छापावाला सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यसैगरी शुक्रबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।