आज बुधबार बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ।आज छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रूपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले बढेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।