पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जेट विमान अवतरण
पोखरा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सको बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । सौर्य एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने जनाएको छ ।
एयरलाइन्सले काठमाडौं-पोखरा–काठमाडौं दैनिक २ उडान गर्नेसमेत जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित र आरामदायी मानिन्छ ।
काठमाडौं-पोखरा-काठमाडौं फ्लाइट नियमित गरिने भन्दै एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले सेवा शुभारम्भसँगै आन्तरिक तथा बाह्य पर्यटकको मन जित्ने विश्वास व्यक्त गरे ।