अंग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा महोत्सव सुरु



पोखरा

अंग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा सडक महोत्सव सुरु हुँदैछ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ रेबान पोखराले विगत २३ वर्षदेखि गर्दै आएको सडक महोत्सवको २४ औं संस्करण आजदेखि सुरू हुन लागेकाे हाे ।

महाेत्सव १७ गतेसम्म पोखरा लेकसाइडको ३ किमी सडकमा महोत्सव आयोजना हुने रेबान पोखरा अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल रुपमा प्रवद्र्धन गर्न रेबानले महोत्सव गर्दै आएको छ ।

५ दिनसम्म चल्ने महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सवमा छिमेकी देश भारतको पनि सांस्कृतिक कार्यक्रम महोत्सवमा समावेश गरिने भएको भट्टराईले बताए ।

महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवकै अवसरमा होटल संघ पोखराले २० प्रतिशत कोठामा छुट दिने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा देशका ७ वटै प्रदेशमा महोत्वसबारे प्रचारप्रसार गरिनेछ । अर्काे वर्ष रजत वर्षका अवसरमा सडक महोत्सवको छिमेकी देशसहित सार्क राष्ट्रमा प्रचार गर्ने योजना रेबानले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja