तनहुँको बन्दिपुरमा बसको ठक्करबाट एक युवाको मृत्यु
पोखरा
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा बसको ठक्करबाट शनिबार दिउँसो एक युवाको मृत्यु भएको छ ।
दुर्घटनामा भानु नगरपालिका-१३ सम्जुरका ३२ वर्षीय शेख महमद रखिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.नं ३-०१-००६ ख ०९२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका मियाँको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
प्रहरीले बस चालक सिन्धुली गोलञ्जोरका ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।