मादी गाउँपालिका १ का निवर्तमान वडाध्यक्ष गुरुङको आगलागीमा परि निधन



पोखरा

कास्कीको मादी गाउँपालिका वडा नं. १ का निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङको आगलागीमा परि निधन भएको छ । 

गएराति करिब ९ बजे मादीको सिक्लेसस्थित दुई वटा घरमा आगलागी हुँदा सो आगलागीमा परि गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आगलागीबाट गुरुङ र छिमेकी टौराज गुरुङको घर पूर्णरुपमा क्षति भएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 

आइतबार बेलुका मादी गाउँपालिका १ सिक्लेसको दुईघरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको मादी १ का वडाध्यक्ष देवी जंग गुरुङ्गले जानकारी दिए । आगलागीको कारण खुल्न नसकेको क्षतिको विवरण भने आउन बाँकी प्रहरीले जनाएको छ । गुरुङको शवलाई पोखरामा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइसकिएको प्रहरी निरीक्षक खड्काले बताए । 

वडाध्यक्ष देवीजंग गुरुङका अनुसार निवर्तमान वडाध्यक्ष गुरुङकी श्रीमतीको गत वर्ष निधन भएको थियो । उनका दुई छोरा र तीन छोरी छन् । उनी घरमा एक्लै बस्दै आएका थिए ।  यसैबीच निवर्तमान वडाध्यक्ष गुरुङको निधनप्रति वर्तमान वडाध्यक्ष देवीजंग गुरुङले दुःख व्यक्त गरेका छन् । उनले गुरुङको निधनसंगै वडावासीले एक असल अभिभावक गुमाएको भन्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja