आज मंगलबार बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९ सय रुपैयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाला सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार १ सय रूपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्य पनि मंगलबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।