वालिङमा नागरिकका गुनासा सुन्न कल सेन्टर स्थापना गर्ने



पोखरा

स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । 

नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रूपमा आइपरेका समस्या र नगरपालिकाको कामकारबाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । नगरभित्रका १४ वटै वडामा नगरले गरेका काम र तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने खाँणले विश्वास व्यक्त गरे ।

‘नागरिकका गुनासा धेरै हुन सक्छन् । ती गुनासालाई सहज रूपमा छिटो सुनुवाइ गर्न कल सेन्टर लाभदायी हुनेछ,’ उनले भने । नगरका गतिविधि नागरिकमाझ पुर्‍याउन नगरले प्रविधिको बढी मात्रामा प्रयोग गरेको उल्लेख गर्दै उनले सामान्य कामको लागि नागरिकले नगरपालिकाको कार्यालयसम्म आउनुपर्ने स्थिति नहुने बताए ।

कल सेन्टर स्थापनासँगै नपाको सुशासनमा पनि मद्दत पुग्ने कार्यालयले जनाएको छ । समयको मागअनुरूप नागरिकलाई सहज सेवा प्रवाह गर्न कल सेन्टर फलदायी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja