पोखरामा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु
पोखरा
पोखरा महानगरपालिका -१ माथिल्लो दिप स्थित घरको छतमा नजिकैको हाईटेन्सन लाईनको करेन्ट लागेर १९ वर्षीय श्रम गुरुङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
कार्यालयका अनुसार बिहीबार अन्दाजी ९ :३० बजेको समयमा गुरुङलाई साढे दुई तलाको घरको छतमा जाने क्रममा करेन्ट लागेर घाइते भएकोमा उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।