म्याग्दीको रघुगङ्गा मौवाफाँटमा प्रहरी चौकी स्थापना 



पोखरा

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी स्थापना भएको छ ।

प्रहरी चौकी भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने सङ्घीय सरकारको योजनाअनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगङ्गा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा एक वर्षअघि भवन निर्माण गरिएको हो । गण्डकीमा प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले ठेक्कामार्फत २३ एकाइको भवन निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक जोशीले बताउनुभयो । उक्त चौकीमा हवल्दारको नेतृत्वमा पाँच सुरक्षाकर्मी तैनाथ छन् ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार भवन बनाउन २०७७ असोजमा शिवाको–जयलक्ष्मी जेभी बागलुङले ठेक्का लिएको थियो । तीनतले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० कोठा रहेका छन् । भवन निर्माण गर्न रु एक करोड ८६ लाख ९४ हजार खर्च भएको बताइएको छ । रघुगङ्गा गाउँपालिकाका जनप्रतिनिधिको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठु खत्रीले भवन बनाउन निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । भवन निर्माणस्थलसम्म सडक गाउँपालिकाले निर्माण गरेको हो ।

सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ चौकी तथा पोष्ट छन् । घोरेपानी, घार, भुरुङ–तातोपानी, भगवती, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी एकाइ छन् । जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सीमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरमा सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja