पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ
पोखरा
चोरीको सुन किनेको आरोपमा पुस १४ गते पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरी प्रवक्ता ज्ञान खड्काका अनुसार सुनारले करिब २८ लाख रुपैयाँ भन्दा बढीको चोरीको सुन किनबेच गरेको पाइएको छ । गत मंसिरको अन्तिम साता श्रेष्ठ चोरी तथा डाँका कसूरमा पर्वतकी टीका श्रेष्ठ पक्राउ परेपछि उनकै बयानका आधारमा सुनचाँदी व्यवसायी सुनार पनि तानिएका हुन् ।