कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई ६ बर्षपछि पक्राउ 



पोखरा

जिल्ला प्रहरी कार्यालय लमजुङले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी लमजुङ राइनास नगरपालिका ९ का ४२ वर्षीय बेलराम गुरुङलाई ६ बर्षपछि भरतपु्र महानगरपालिका १६ विजयनगरबाट पक्राउ गरेको छ ।

आफ्नो नाम ढाँटेर आशमान गुरुङ भनी नाम‚ ठेगाना ढाँटेर बसेका गुरुङलाई पौष २७ गते पक्रिएका भएपनि बिहीबार सार्वजनिक गरिएका हो । राइनास ९ कुडुलेकै वर्ष ५४ का हितमान श्रेष्ठलाई चारपाटे काठले टाउकोमा हानी हत्या गरेपछि उनी फरार रहेका थिए ।

चितवनमा लुकेर बसोबास गदैआएको भनी प्राप्त गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको बिशेष अनुसन्धान प्रहरी टोलीले गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मी बताए । रेग्मीका अनुसार बिहीबारबाटै लागूहुने गरी ५ दिनका लागि जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान थालिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था रहेको लमजुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja