प्रधानमन्त्री र गृहमन्त्री विमान दुर्घटनाबारे बुझ्न पोखरा आउदै
पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पोखरा जाने भएका छन् । पोखरामा आज भएको विमान दुर्घटनाबारे थप जानकारी लिनका लागि उनीहरु घटनास्थलतर्फ आउन लागेका हुन् ।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।