कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता
पोखरा
प्रतिनिधिसभाको सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवारी दिएकी छिन् ।
उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले छन् ।
संसद् सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा आज साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । यसअघि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइ सकेका छन् ।