नेपालमा गुणस्तरिय शिक्षा आर्जन गरि नेपालमै सेवा गर्नुपर्छ
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपालमा गुणस्तरिय शिक्षा आर्जन गरेर नेपालमै सेवा गर्नुपर्ने बताएका छन् । आज रुपा गाउँपालिका वडा नं. ६ मा रहेको चन्द्र प्रभा माध्यमिक विद्यालयको ५१औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट विद्याको विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विशेष अतिथि संविधान सभा सदस्य किष्णबहादुर गुरुङ, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।