आज शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन सात सय रुपैयाँले बढेको छ । आज छापावाल सुन १ लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार छापावाल सुन १ लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुन तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको छ। यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार तोलामा २० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।