नेपाल बेचेर सरकारी खर्च धान्ने सोचमा छन्, प्रधानमन्त्री प्रचण्ड र ओली
पोखरा
अन्य देशको भुगोलभन्दा नेपाल आकार र जनसंख्या दुवैमा सानो छ । तर, नेपाल प्राकृतिक रुपमा भरिपुर्ण रहेको छ । अन्य देश नेपालभन्दा जनसंख्या र आकारमा जतिसुकै ठुलो भएपनि ती देशहरु विदेशी ऋणमा पिचिएका छैनन् ।
तर हाम्रो नेपाल विदेशी ऋणकै कारण डुब्ने अवस्थामा पुगेको छ । अहिले नेपाल सरकारले विदेशीसँग ऋण लिन प्रत्येक नेपालीको टाउकोमा ८५ हजार पुगेको छ । जसले गर्दा नेपाल विश्वमा नै कालोसुचीमा पुग्ने अवस्थामा पुगेको छ । यता जनताले कर तिर्न छोडिसकेका छन् भने उता विदेशीले ऋण तथा अनुदान नदिएमा सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउने वा सरकारी खर्च धान्ने कुनै आयस्रोत छैन ।
अहिले भारत र चीनबीच नेपाललाई लिएर हानाथाप भइरहेको छ । यता अमेरिकाले पनि एमसिसिको नाममा ६५ अर्ब डलर सहयोग गप्यो । तर, त्यो किन गप्यो र त्यसको पछाडि के रहस्य छ भनेर नेपालका कुनै पनि राजनीतिक दलका नेताहरुले सोचेनन् । अमेरिकाले डलर सहयोग गप्यो तर त्यसको साथसाथै अमेरिकी सेना पनि नेपाल भित्रायो । अब यही अमेरिकी सेनाले चीन, भारत र नेपालबीच विवाद उत्पन्न गराई नेपाललाई रणभुमिमा परिणात गर्ने छ ।
विभिन्न देशहरुले नेपालालई आफ्नो स्वार्थ वा फाइदाका लागि ऋण दियो र नेपाल सरकार पनि ऋण पायो भनेर खुशीका साथ लिएको लियै गरौँ । तर यही ऋणले गर्दा आज नेपालको अस्तित्व नै खतरामा पुगेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी ल्याउने समयमा
आफ्नो सबै बलतागत देखाए । त्यस बेलै उनी अमेरिकाले पालेको जाजुस भनेर स्पष्ट भइसकेको छ । अहिलेपनि उनले नेपालमा भइरहेका घटनाहरु अमेरिकालाई जानकारी गराउँछन् भनेर भनिन्छ । यता प्रधानमन्त्री प्रचण्ड र केपी ओली त आफ्नो फाइदा वा सत्ताका लागि कहिले चीन त कहिले भारत ढल्किन्छन् ।
यिनीहरु भनेका देश बेच्ने दलाली र बिचौलिया हुन् । त्यस्तै, राजनीतिक दललाई हिलो छ्यापेर देश र जनताको गुनगान गाएर आएका उपप्रधान एंव गृहमन्त्री रवि लामिछाने अहिले आएर त्यही प्रचण्ड र ओलीको शरणमा पुगेका छन् । हिजो सञ्चारकर्मी हुँदा त उनले महिनाको ५० लाखभन्दा बढी कमाउन्थे भने अब गृहमन्त्री भएपछि कति कमाउलान् र लुट्लान् भनेर हेर्न बाँकी छ । यता लाामिछाने न नेपाली नागरिक नै हुन् न उनीसँग नेपाली नागरिता नै न् न उनीसँग नेपाली नागरिकता नै छ ।
नेपाली छोडेर अमेरिका लागेका उनलाई यत्रो वर्षपछि नेपालको याद आयो तर नेपाल आएर
पनि राजनीतिमा नै लागे । यदि राष्ट्र र जनताको साच्चिँकै नै माया छ भने त्यो मानिसले राजनीतिबाहेक पनि अन्य कुनै क्षेत्रमा लागेर जनताको सेवा गर्न सक्छ । तर उनले पहिला भ्रष्टाचारका लागि राजनीति चुने र पछि आफ्नो नागरिकता विवादका लागि गृहमन्त्री ।
जो मानिसले हिजो भ्रष्टाचारविरुद्ध ठुल्लठुल्ला नारा लगाएर आएको थियो त्यही मानिस (रवि लामिछाने) ले आज सम मन्त्रीदेखि सांसदसम्मै जनतालाई ठग्ने र लुट्ने भएका छन् ।
यता राप्रपाका राजेन्द्र लिङ्देन भन्थे,‘ भ्रष्टाचार गनुर्स भनेको नेपाली आमाको रगत खानुस बराबार हो ।’ उनी देशमा राजतन्त्र चाहियो, नेपाल हिन्दु राष्ट्र हुनुपप्यो भन्थे र त्यसकै आधारमा जनतासँग भोट लिए । तर आज त्यही राजतन्त्र हटाएर लोकतन्त्र वा गणतन्त्र ल्याएका प्रचण्ड
नेतृत्वको सरकारमा मन्त्री बन्न पुगे ।- रुसा थापा