सांसद कोइरीलाई समात्न कम्मर कसेर लागेका गृहमन्त्री लामिछानेलाई कसले समात्ला ?
पोखरा
“जो चोर, उसकै ठुलो स्वर” नेपाली समाजमा वर्षे देखि भनिदैँ आएको ऊखान हो यो । हुन पनि हो नै रहेछ । अहिले ठ्याक्कै भएको छ हाम्रो देशको राजनीतिमा ।
नेकपा एमालेबाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महोत्तरी १ बाट प्रतिनिधिसभाबाट चुनाव जितेर आएका लक्ष्मी महत्तो कोइरी अहिले उपप्रधान ए.व गृहमन्त्री रवि लामिछानेको डरले सदनबाटै भागेर
हिड्नु परिरहेको छ । गृहमन्त्री लामिछाने ज्यान मुद्दा फरार अपराधी भनेर कोइरीलाई समात्न कम्मर कसेर लागेका छन् । तर उनले आफ्रनै अपराध तै कहिले देख्लान् । केही वर्षअघि नुवाकोट घर भई काठमाडौँ बस्दै आएका पत्रकार शालिग्राम पुडासैनी चितवनको एक होटेलमा गएर आत्महत्या गरे ।
उनले मर्नुअघि आफ्नो अपराधीलाई समात्न सजिलो होस् भनेरु सरकारलाई प्रमाणसमेत छोडिदिए । तर, भनिन्छ नि पैसा र पहुँच भएकाले त अरुलाई मारेपनि कानुन लाग्दैन । यही भयो पुडासैनीसँग पनि । उनलाई गृहमन्त्री लामिछानेले मर्न बाध्य बनाए, पुडासैनी मनुअघि लामिछानेको सबै कर्तुत पनि भिडियो रुदैँ भने, सरकारले पनि त्यो प्रमाण फेला पायो तर दुर्भाग्य पत्रकार पुडासैनी पैसा र पहुँच भएका मानिससँग लड्न पुगेका रहेछन् । नेपाली नागरिक भएपनि उनी सबैबाट हेलित भए, उनको शवलाई मरेपनि नमरेझैँ गरियो त उनको घरपरिवार सबैतिरबाट एक्लियो ।
न कुनै राजनीतिक दलका नेताले नै उनको न्यायका लागि बोलिदियो न कुनै सञ्चारकर्मीले उनलाई न्याय दिलाउन कलम चलाइदियो । यता लामिछानेले त अदालत, प्रहरी प्रशासन र न्याय नै किनेर जेलको चिसो भुँइमा जानबाट जोगिए तर पत्रकार पुडासैनी त मरे नि त । अहिले गृहमन्त्री लामिछाने ज्यान मुद्दा फरार कोइरीलाई समात्नका लागि दिनरात नभनी लागिपरेका छन् तर उनलाई कसले समात्ने । कसले
पुडासैनीको न्यायका लागि आवाज उठाउने । के पुडासैनीको ज्यान जनता राष्ट्रको लागि केही थिएन ।
पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो लामिछानेले जनता र राष्ट्रको आँखामा धुलो हालेर गरिरहेको सबै कर्तुतको खुलासा गरिरहेको थियो तर त्यसको पनि के नै फाइदा भयो र । प्रहरी प्रशासन भन्छ, हामी देशको
कुनै पनि कुनामा लुकेको अपराधीलाई कानुनको दायरामा ल्याउँछौँ तर प्रहरी कै अगाडि भएको अपराधीलाई कसले समात्ने । लामिछानेले आफ्नो अपराध लुकाउन राजनीतिक दलका नेतामाथि हिलो छ्यापेर आफनो पार्टी खोले । यता चितवनबासीको आँखामा धुलो छ्यापेर सांसद जितेर उपप्रधान एंव गृहमन्त्री समेत बने ।
तर अहिलेपनि अदालतमा लामिछानेको नागरिकतालाई लिएर मुद्दा चलिरहेको छ । तर प्रधानमन्त्री प्रचण्ड र ओलीले आफ्नो स्वार्थका लागि लामिछानेलाई गृहमन्त्री बनाए । अहिले त लामिछाने आफु गृहमन्त्री बनेपनि उनको नागरिकता विरुद्ध अदालतमा चलिरहेको मुद्दामा पनि उनले पदकै आधारमा न्याय पाउने संकेत देखिरहेको छ । पहिला पनि लामिछाने त पुडासैनीको मुद्दामा पैसा र पहुँचको भरमा न्याय किने अब पनि पदकै भरमा उनले फेरि पनि अदालत किन्ने छन् ।
यता सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्नका लागि सदनमा आवाज उठाएका नेपाली कांग्रेसका रामहरि खतिवडाले पत्रकार पुडासैनीलाई मर्न बाध्य बनाएका लामिछानेलाई पक्राउ गर्न सदनमा आवाज उठाउन सक्लान् कि उनी पनि पैसा र पहुँच भएकाविरुद्ध चुप लाग्छन् । अहिले राजनीतिक दलका कुनै नेता नै होस् या स्वतन्त्रबाट जितेका कुनै सांसद । तीमध्ये कुनैसँग पनि पुडासैनीको न्यायका लागि बोल्ने आँट छ ।
नेपाली कांग्रेसबाट नुकोटबाट चुनाव जितेर आएका अर्जुनबहादुर केसीले के पत्रकार पुडासैनीको न्यायका लागि बोल्न सक्लान् कि उनी पनि चुप नै लाग्छन् ।
त्यस्तै, सांसद चित्रबहादुर केसी र मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि अहिलेसम्म पुडासैनीको लागि सदनमा आवाज उठाएका छैनन् । के उनीहरु पनि गृहमन्त्रीदेखि डराएका हुन् ।-रुसा थापा