जनयुद्धमा १७ हजारलाई मारेर नपुगेको माओवादीले फेरि उही रणनीति अपनाउँदै
पोखरा
२०५२ साल फागुन १ गतेदेखि नेकपा माओवादी पार्टीले जनयुद्ध सुरु गर्दा आफ्नो आन्दोलनलाई सफल बनाउन सर्वसाधारण जनतालाई माओवादीले भन्यो, ‘अब कुनै पनि व्यक्तिले बैंक वा वित्तिय संस्थाबाट ऋण लिएको छ भने त्यो तिर्नु पर्दैन ।’ आफ्नो सरकार ल्याउनका लागि
माओवादीले जनतासँग यस्तो वाचा गप्यो ।
सर्वसाधारण जनताहरु त्यसबेला बैंक वा व्यक्तिबाट मिटरब्याजमा लिएको कर्जाको साँवाब्याज नै तिर्न नसकेर पीडित भएर बसेका थिए । कतिको त घरजग्गा व्यक्तिको नाममा पास गराइएको थियो भने कतिको वित्तिय संस्थामा रोक्का थियो । यता दिएको ऋण तिर्नु नपर्ने भएपछि सर्वसाधारण जनताहरु माओवादी पार्टीमा लागे वा भुमिगत गए । एता माओवादीलाई नै राज्यविरुद्ध लड्नका लागि मानिसको आवश्यकता थियो । तर, सिधासाधी जनताहरुले माओवादीको राजनीति र कुटनीति नै नबुझी भ्रम वा लोभलालचमा परेर माओवादीमा लागे । उनीहरु माओवादी पार्टी गए । जसमा कतिले माओवादीको सदस्यता लिए भने कतिले जनयुद्धमा हतियार उठाए ।
ह्तियार उठाउनेहरु दोहोरो भीडान्तमा परेर मरे । यता पार्टीको सदस्यता लिनेलाई आर्मीप्रहरीले समातेर यातना दिएर मारे । माओवादीले लिएको ऋण तिनुर्देन भनेर आफ्नो पार्टीमा सिधासाधी जनतालाई ल्याउँदा ती मानिसहरुले आफ्नो ज्यान गुमाउनपरयो । माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एंव प्रधानमन्त्री प्रचण्ड तीन पटक देशको प्रधानमन्त्री बने भने डा.बाबुराम भट्टराई एक पटक बने । मओवादी पटकपटक सरकारमा गयो । तर, हिजो जनयुद्धमा सर्वसाधारणलाई व्यक्ति वा वित्तिय संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने माओवादीले आज एक सुको ऋण मिनाहा गरेको छैन ।
हिजो आफ्नो फाइदाका लागि माओवादीले जनतालाई भ्रममा पाप्यो र जनयुद्धमा लगाएर उनीहरुको ज्यान लियो । तर, जुन प्रतिबद्धता जनाएको थियो त्यो भने पुरा गरेन । न ती मानिसहरुको ऋण नै मिनाहा गरियो न घरजग्गा नै फुक्का भयो । हिजो माओवादीले ऋण तिर्नुपर्दैन भनेर आफ्नो पार्टीमा बोलाएकाहरु ऋण पनि लाखौँ छन् । उनीहरु आज घरविहिन भएका छन् ।
माओवादीको कुरा सुनेर विश्वास गर्दा यिनीहरुको ज्यान पनि गप्यो र घरविहिन पनि भए । मानिसहरुले आफ्नो आफन्तजन त गुमाउनुपरयो नै तर घरमा भएको एक्लो कमाउने मानिस पनि मरेपछि उनीहरु सडकमा आइपुगे। यसरी यस्ता सिधासाधी जनतालाई झप्याङ बनाएर, युद्धमा लगेर मारेर र सिधासाधी जनतालाई सडकमा पुरयाएर प्रचण्ड र भट्टराई प्रधानमन्त्री बने । यता माओवादी पार्टीबाट पटकपटक सरकार बन्दा पनि अहिलेसम्म त्यस्ता मानिसहरुको ऋण मिनाहा गरेको छैन । तर, ती ऋणीहरुले आज आफ्नो परिवार र घरजग्गा दुवै गुमाउनुरयो ।
यी सबैको फाइदा भने आज माओवादीका नेताहरुले लिए । पार्टीबाट कोही सांसद भए त कोही मन्त्री । यता कोही सभामुख भए त कोही प्रधानमन्त्री बने । यिनीहरुले न आफ्नो आफन्तलाई जनयुद्धमा गुमाउनुरयो न आफ्नो ज्यानको बाजी राख्नुपरयो । उल्टै यस्तैले आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति कमाए । हिजो ऋण मिनाहा हुने आशामा माओवादीमा लागेर जनयुद्धमा लागेकामध्ये कतिको त पुरै परिवार नै मारिएका छन् । जनयुद्धमा लाग्दा आफ्रनै अगाडि आर्मीप्रहरीले उनीहरुको आफन्तजन वा परिवारलाई माप्यो । यता माओवादीले पनि कांग्रेस, एमाले, राप्रपादेखि शिक्षित मानिसहरुलाई समेत जीउँदे खाल्टोमा गाडे ।
माओवादीका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले त्यसबेला आश्वासन दिएर सर्वसाधारणलाई
माओवादीमा आउन बाध्य बनाए । तर, माओवादीलगायत विभिन्न पार्टीमा लागेका मानिसहरु र आर्मीप्रहरी गरी माओवादीले १७ हजार मानिस माप्यो । यसरी एक नेपालीले जनयुद्धमा अर्को
नेपाललाई माप्यो । प्रचण्डको निर्देशनमा १७ हजार नेपाली नागरिक मारियो । तर प्रचण्डले आफ्नो छोराछोरालाई भने जनयुद्धमा भारतमा लगेर पढाए र आफु पनि भारतमै लुकाए । उनले जनयुद्धमा आफ्नो एक जना बालबच्चा पनि गुमाएनन् ।
भनिन्छ,‘ पाप धुरीबाट कराउँछ ।’ त्यसैले पनि होला अहिले प्रचण्डको छोरा पनि मप्यो छोरी पनि मरयो र सीमती पनि बिरामी छन् । हिजो १७ हजार जनताको छोराछोरी वा सर्वसाधारण मर्दा प्रचण्ड त हासँेका थिए तर उनीहरुको आँसु झरेको थियो नि त । त्यसैले, पनि आज उनीहरुकै आँसु प्रचण्डलाई लागेको हो । अहिले प्रचण्डले आफ्रनै छोरीलाई मेयर बनायो, भाइलाई सांसद,
बुहारीलाई मन्त्री र ज्वाँइलाई पनि मन्त्री बनाएका छन् । यता आफ्नो अघिपछि लाग्ने जर्नादन शर्मा जस्तो मान्छेलाई पटकपटक गरेर पाँच चोटीसम्म मन्त्री बनाए ।
आफ्नो झोला बोक्नेलाई
पार्टीको टिकट दिए । तर, आफ्नोविरोध गर्ने वा आफ्नो अघिपछि नलाग्नेलाई चुनावमा टिकट
पनि दिएनन् र जनताबाट चुनिएर आएपनि मन्त्री बन्न दिएनन् । झन् हिजो साहु वा बैंकको ऋण तिर्न नसकेर पार्टीमा लागेर शहिद भएकामा त प्रचण्ड जादैँ जादैँनन् । सायद, अहिले उनीहरुलाई प्रचण्डले चिन्दैनन् पनि होला । हिजो ठेकेदार, दलाली र विदेशी देशहरुको विरोध
गर्ने प्रचण्ड आज त्यही ठेकेदारको घरमा बसिरहेका छन् ।- रुसा थापा