सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि 



पोखरा

सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।

यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो। वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक/एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।

छिमेकी जिल्ला बाँकेमा दादुराको संक्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपनाउन उनले सुझाव दिए। दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ। दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।

नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो।पुसको दोस्रो हप्तादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण अझै नियन्त्रणमा आइसकेको छैन । हालसम्म बाँकेको नेपालगन्जसहित जिल्लाको अन्य विभिन्न ठाउँहरूमा गरी २०० भन्दा बढी दादुरा संक्रमित बालबालिका भेटिसकेका छन् भने एकजना बालकको मृत्युसमेत भइसकेको छ। 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja