आज बिहीबार बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ। बिहीबार छापावाला सुन प्रतितोला एक लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, बिहीबार तेजावी सुनको मूल्य तोलाको एक लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।यसैगरी, चाँदीको मूल्य पनि बिहीबार १५ रूपैयाँले बढेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।