आगामी वर्षको शैक्षिक सत्र १ वैशाखमै सुरु गर्ने निर्णय
पोखरा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १ जेठदेखि सुरु गरिएको थियो । केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै आगामी शैक्षिक सत्र वैशाखबाट सुरु हुने जनाएको छ ।