रास्वपा सभापतिमा रवि लामिछाने पुनः चयन
पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने पुनः चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछाने फेरि पार्टी सभापति चयन भएका हुन् ।
पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले उनलाई सभापति चयन गरेको हो ।शुक्रवार सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्तिको प्रकृया नगरेको भन्दै गृह, सांसद तथा सबै राजनैतिक पद खारेज गरिदिएको थियो।