आज बुधबार बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ। बुधबार छापावाला सुन प्रतितोला एक लाख ६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसैगरी, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।