नेता घनश्याम भुसाल बेहोस भएर अस्पतालमा भर्ना
पोखरा
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन् ।
कार चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाने क्रममा नेता भुसाल नयाँबानेश्वर पुगेपछि बेहोस भएका थिए। कारमा बेहोस हुन पुगेका उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका नेता अशेष घिमिरेले बताए। भुसालको स्वास्थ्य अहिले सामान्य रहेको छ।