टर्कीका गोलकिपर तुर्कास्लानको भूकम्पमा परि निधन



पोखरा

टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भूकम्पमा परि निधन भएको छ ।

तुर्कास्तानले व्यावसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टि गरेको हो । टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भूकम्पमा परि ८ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् ।

‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भूकम्पमा परि ज्यान गुमाएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हार्दिक श्रद्धाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई बिर्सने छैनौं ।’ २८ वर्षीय तुकास्लानले सन् २०२१ मा टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोमा आबद्ध भएपछि ६ पटक खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja