आज बुधबार घट्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य २ सय रूपैयाँले घटेको छ।
बुधबार छापावाला सुन प्रतितोला एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३ हजार एक सय रुपैयाँ निर्धारण भएको छ। यसैगरी, बुधबार चाँदीको मूल्य पनि ५ रूपैयाँले घटेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।