कांग्रेसका सांसद डा. भण्डारीको आज दुई वटा शल्यक्रिया



पोखरा

नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीको आज शल्यक्रिया हुने भएको छ ।

बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा शल्यक्रिया हुन लागेको हो । बम्बईस्थित नेपाली अगुवा शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार शुरू गरिसकेको छ ।

उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कडेँल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । भण्डारीलाई हिजो दिउँसो मुम्बई लगिएको थियो । उनको ३० प्रतिशतसम्म शरीर जलेको छ । दुर्घटनामा परेकी उनकी ८६ वर्षीया आमाको भने हिजो बिहान निधन भएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja