नवलपुरका किसानलाई चैते धान रोप्ने चटारो
पोखरा
पूर्वी नवलपरासीका किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ ।
असार, साउनमा लगाइने धानभन्दा यो मौसममा लगाइने धानको उत्पादन वढी हुने भएकाले किसान आकर्षित भएका हुन् । सिाचाइ सुविधा भएका तथा सिमसार आसपास पर्ने गैंडाकोट, कावासोती, मध्यविन्दु, लगायतका स्थानमा चैते धान रोप्न किसान व्यस्त छन् ।
किसानले वर्षायामको धान बिक्री गर्ने र चैते धान घरमा नै प्रयोग गर्ने गर्दछन् । जिल्लामा एक हजार २ सय १० हेक्टर क्षेत्रफलमा चैते धान लगाइने कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताए । गत वर्ष जिल्लामा ६ हजार १ सय २३ टन धान उत्पादन भएको थियो । जिल्लाका अधिकांश किसानले चैते धान रोप्ने इच्छा भएपनि सिाचाइ अभावमा एक खेती मात्र गर्न बाध्य छन् ।