आज बिहीबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
पोखरा
नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ। आज छापावाल सुन तोलाको १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाल सुन १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ। यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ।