चितुवाको आक्रमणबाट गोरखामा एक जना घाइते
पोखरा
चितुवाको आक्रमणबाट पालुङटार नगरपालिका ८ का ६२ वर्षीय राजकुमार कुमाल घाइते भएका छन् । चितुवाको आक्रमणबाट कुमालको बायाँ कान र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
‘सुरुमा बच्चा बोकेको महिलाले चितुवा देखेपछि चिच्याउँदै भागिछन्, गोठालो गएका राजकुमार कुमाल पनि नजिकै हुनुहुँदो रहेछ । उहाँलाई चितुवाले झम्टिएछ,’ उनले भने । घाइते कुमालको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । कुमालको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।