आज मंगलबार घट्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा तीन सय रुपैयाँले घटेको छ।
आज छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य मंगलबार १ लाख २ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।